Logo

Breaking News 1

‘तोकिएको समयमै चुनाव हुन्छ’: प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा निर्वाचनमा हुने ठोकुवा गरेका छन् ।

मोरङको सुन्दर हरैँचामा निर्मित नगर अस्पतालको भवन उद्घाटनका लागि सोमबार बिहान मोरङ पुगेका देउवाले चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरे ।

देउवाले सरकारले निर्वाचन आयोगले पूर्ण सहयोग गर्ने पनि बताए । सरकारले निर्वाचन सार्न खोजिहरको भन्ने आरोप लागेकोमा देउवाले चुनाव सार्ने कुनै मनसाय नभएको स्पष्ट पारेका छन् ।

‘सरकारको निर्वाचन सार्ने कुनै मनसाय छैन । तोकिएकै समयमा निर्वाचन हुन्छ । सरकारले निर्वाचनलाई आयोगलाई पूर्णरुपमा सहयोग गर्छ,’ देउवाले भने ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : १३ बजे