Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

वृष
समय लागे पनि निर्णायक कार्य गर्ने समय छ। पहिलेका उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ।

मिथुन
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ।

कर्कट
दाजुभाइमा असमझदारी बढ्न सक्छ। जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले बढी मिहिनेत गर्नुपर्ने समय छ। प्रतिपस्पर्धीहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला।

सिंह
काम बन्नाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ।

कन्या
प्रतिष्ठित काम सम्पादन हुनेछ। नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।

तुला
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ।

बृश्चिक
काम बने पनि प्रतिफल हातपार्न समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ।

धनु
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ।

मकर
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

कुम्भ
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ।

मीन
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ५ : ५९ बजे