काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०७ सवारी चालकलाई २४ घण्टामा कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन ३० गते बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो ।
कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १३३, रेड लाइट उल्लंघन गर्ने ६४, लेन उल्लंघन गर्ने ४२, अवस्था ठीक नभएका सवारी ४३ र वन–वे उल्लंघन गर्ने १४ जना रहेका छन् ।
त्यस्तै मापसे गरी सवारी चलाउने ७९, सीसीटीभी निगरानीबाट ३७, हर्न निषेध उल्लंघन गर्ने १९ तथा अन्य कसुरमा ६७६ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी नियम पालना गराउन नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।








प्रतिक्रिया