Logo

Breaking News 1

हिमाली र पहाडी भू-भागको थोरै स्थानमा भारी वर्षाको पूर्वानुमान


२८ श्रावण २०८३, बिहिबार  

0
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

मधेस, कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको पूर्वानुमान छ । गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ६ : ५४ बजे