Logo

Breaking News 1

पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै


२८ श्रावण २०८३, बिहिबार  

23
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा दिउँसो १२ः३० मा नेपाल फर्किने तय भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा उपचारका लागि गत कात्तिक १० गते राति सिंगापुर गएका थिए । देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्‍याउने तयारी छ ।    

देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो । 

उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ६ : ३४ बजे