Logo

मुख्य समाचार

सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ?


२६ श्रावण २०८३, मंगलबार  

115
Shares

काठमाडौं । नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताए ।

‘किसानलाई मलको अभाव छ तर हाम्रो कृषि मन्त्री भन्नु हुन्छ मल पर्याप्त छ तर मल कहाँ छ, उनले भने, ‘म जिल्लामा र विभिन्न पालिकाहरुमा जाँदा एउटा पालिकालाई ५० बोरा डिएपी र ५० बोरा युरीया मात्र उपलब्ध गराइन्छ । त्यसबाट किसानको हातमा १० केजी मल मात्र उपलब्ध गराइन्छ ।’

आफू जिल्ला तथा स्थानीय तहका वडामा पुग्दा किसानलाई निकै कम मात्रामा मल उपलब्ध गराइएको उनले बताए । उनका अनुसार स्थानीय तहका वडामा डिएपी र युरीया मल सीमित मात्रामा उपलब्ध गराइने र त्यसबाट किसानको हातमा करिब १० केजी मात्र मल पर्ने अवस्था रहेको छ ।

उनले मल आपूर्तिका लागि भारतसँग समयमै सम्झौता नगर्नुको कारणबारे समेत सरकारसँग प्रश्न गरे । विगतमा सीमावर्ती क्षेत्रबाट मल ल्याएर किसानलाई आपूर्ति गर्ने गरिएको उनले बताए । 

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  २ : ३१ बजे