Logo

समाचार

ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु, १८ जना घाइते


२१ श्रावण २०८३, बिहिबार  

23
Shares

काठमाडौं— ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बा२ख ३५९० नम्बरको बस कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गर्दा अनियन्त्रित भई फ्लाइओभरको भित्तामा ठोक्किएको हो।

दुर्घटनामा बसमा सवार ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

दुर्घटनामा घाइते भएका १८ जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  १२ : ०१ बजे