Logo

कर्णाली प्रदेश

माओवादी प्रमुख सचेतकबाट निलम्बित विष्ट एमाले प्रवेश



सुर्खेत । नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिएका थिए ।

पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखरेलले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् । राजीनामा दिएका विष्टलाई माओवादीले राजीनामा फिर्ता गरेर आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको थियो । तर, राजीनामा फिर्ता नलिएपछि पार्टीले उनलाई निलम्बन गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी प्रशिक्षण दिनका लागि विरेन्द्रनगर पुगेकै दिन उनले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ४ : ४५ बजे