Logo

समाचार

उपचारका क्रममा रविन्द्र मेहताको निधन


१९ श्रावण २०८३, मंगलबार  

115
Shares

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको छ ।

घटनापछि गम्भीर अवस्थामा रहेका मेहतालाई थप उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।

उनको निधनको खबरसँगै परिवार, आफन्त तथा स्थानीयवासी शोकमा डुबेका छन् । 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १ : ०२ बजे