काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्ष गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् ।
कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलका क्रममा मन्त्री चौधरीले उक्त निर्णय गरेकी हुन् ।
छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा विस्तृत छलफल भएको थियो।
मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
उनले चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तय गर्न तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटी तयार गर्न गठित कार्यदललाई अन्तिम प्रतिवेदन दुई साताभित्र पेश गर्न निर्देशन दिइन् ।








प्रतिक्रिया