Logo

मुख्य समाचार

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ


१५ श्रावण २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेको छ । कैलाली गोदावरी नगरपालिटका—३ मालाखेती बस्ने ३३ वर्षीय तेज भट्टराईलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ४६ बजे