काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ सेटमा घाइते भएका छन् । घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सामान्य सर्जरी गरेपछि उनी खतरामुक्त भएको र केहीदिन डाक्टरले प्रभासलाई आराम गर्न भनेका छन् । प्रभास घाइते भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरू चिन्तित भएका थिए ।
हालै मात्र प्रभास फिल्म ‘राधेश्याम’ मा देखिएका थिए । यो फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । फिल्मको हिन्दी भर्सनले हालसम्म १९ दशमलब २५ करोडको व्यापार गरेको छ ।
प्रभासको ‘सालार’ आगामी १४ अप्रिलमा रिलिज हुँदैछ । तेलुगु र कन्नड भाषाको यो फिल्ममा उनको अपोजिटमा श्रुति हसन छिन् । फिल्मको बजेट एक सय ५० करोड छ ।
प्रतिक्रिया