Logo

Breaking News 1

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आज बिहान ८ः०० सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ ।

महामन्त्री आचार्यले भने ‘बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको छ ।’

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ६ : ४७ बजे