काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।
देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो ।
जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ । प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सडकसम्बन्धी आधिकारिक सूचना पछ्याएरमात्रै यात्रा गर्न, जोखिमयुक्त सडकखण्डमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।








प्रतिक्रिया