Logo

Breaking News 1

डडेलधुरामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु



काठमाडाैं । डडेलधुरामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना भएकाे हाे ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५० नम्बरको पाँचजना सवार बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । चालकसहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय जनाएकाे छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ९ : ०१ बजे