Logo

Breaking News 1

देवेन्द्रराज पाण्डेको निधन



काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ । उनको शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा निधन भएको जनाइएकाे छ ।

पाण्डे २०३६ सालको जनमत संग्रहका बेला शासकहरुले जथाभावी खर्च गर्न खोजेपछि अर्थसचिवबाट राजीनामा दिएका थिए ।

अध्ययन अनुसन्धानमा सक्रिय पाण्डे २०४६ सालको जनआन्दोलनका बेला नागरिक समाजको तर्फबाट अगुवाइ गरेका थिए ।

२०४७ सालमा बनेको अन्तरिम सरकारमा उनी अर्थमन्त्री भएका थिए । त्यसपछि २०६२–६३ मा भएको लोकतान्त्रिक आन्दोलनमा पनि अगुवाइ भूमिकामा थिए ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ६ : १३ बजे