Logo

मुख्य समाचार

गोठ भत्किँदा एक जनाको मृत्यु



स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ ।

भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज बिहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए ।

गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ८ : ४५ बजे