Logo

अर्थ

आजका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा, स्विस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा कायम गरिएको छ । 

स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा कायम गरेको छ । 

बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ६९ पैसा बिक्रीदर ४०९ रुपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०० रुपैयाँ ८१ पैसा रहेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ६ : १५ बजे