Logo

समाचार

बाघको आक्रमणबाट एक महिला घाइते



कञ्चनपुर । कञ्चनपुरको वेल्डाँडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

आईतबार वेलुकातिर शुक्लाफाँटा जंगलमा घाँस काट्ने क्रममा उपाध्या माथि बाघदे आक्रमण गरेको प्रहरीले जनाएको छ । घाईते उपाध्यायको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ८ : ०८ बजे