काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । डेरा गरेर बस्ने ४५ वर्षका अस्विन राउतले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरले बताएकाे छ ।
एसपी भट्टराईका अनुसार उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर अस्पताल पठाएको थियो । उनले आत्मदाहको प्रयास गरेको पाइएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको छ ।
यसअघि, काठमाडौंकै त्रिपुरेश्वरमा बिहीबार गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारकै क्रममा उनको निधन भएको छ ।








प्रतिक्रिया