Logo

Breaking News 1

देशभर मनसुनी वायूको प्रभाव : मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना



काठमाडाैं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।‌

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

विभागले राति देशभर साधारणतया बादल लाग्ने जनाएकाे छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थानमा तथा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

देशको पहाडी र तराई भू-भाग केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ६ : ३६ बजे