Logo

Breaking News 1

धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय



काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा कलाकारहरूले धान रोप्दै हिलो खेलेर असारको सांस्कृतिक उत्सव मनाएका छन्।

सोमबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालद्वारा आयोजित ‘रोपाइँ उत्सव–२०८३’ मा विभिन्न कलाकारहरू सहभागी भई परम्परागत शैलीमा धान रोपे, हिलो खेले र असारे गीतमा रमाउँदै नेपाली कृषि संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ऐक्यबद्धता जनाएका हुन् । 

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आयोजना गरिएको थियो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिजालले कृषि नेपालको अर्थतन्त्र र संस्कृतिको आधार भएकाले यस्ता कार्यक्रमले परम्परागत कृषि संस्कृतिको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

उनले धान दिवस केवल रोपाइँ गर्ने दिन मात्र नभई किसानको श्रम, कृषि उत्पादन र नेपाली मौलिक संस्कृतिप्रति सम्मान व्यक्त गर्ने अवसर भएको उल्लेख गरे।

कार्यक्रममा कलाकारहरूले खेतमै धान रोप्दै हिलो खेल्दै नाचगानसहित धान दिवसलाई उल्लासपूर्ण रूपमा मनाएका थिए। 

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ५ : ५३ बजे