Logo

समाचार

गृहमन्त्री गुरुङमाथि आक्रमण भएको हल्ला निराधार : सचिवालय



काठमाडौं — गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित रहेको उनको सचिवालयले जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलाइएको आक्रमणसम्बन्धी सूचना सत्य नभएको स्पष्ट पारेको हो।

सचिवालयका अनुसार गृहमन्त्री गुरुङ सुरक्षित रहेका छन् र उनीमाथि कुनै पनि प्रकारको आक्रमण भएको छैन।

यसअघि सामाजिक सञ्जालमा गृहमन्त्रीमाथि आक्रमण भएको भन्दै विभिन्न सूचना तथा दाबीहरू सार्वजनिक भएका थिए। सचिवालयले त्यस्ता भ्रामक समाचार र अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ३५ बजे