Logo

मुख्य समाचार

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन



काठमाडौं । हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो ।  

शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनि विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए । 

टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्म र फिल्ममा काम गरेका छन् ।  उनले ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ९ : ४२ बजे