Logo

मुख्य समाचार

फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित



काठमाडौं । फिफा विश्वकप २०२६ को फुटबल खेलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ । आज बिहान फिलाडेल्फिया स्टेडियममा भएको समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले पराजित गरेको हो । 

ब्राजिलको जितका लागि माथेउस कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गरेको थियो । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए । 

यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : २४ बजे