Logo

मुख्य समाचार

नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी यातायात सञ्चालनमा



मुग्लिन । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५  तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध  भएको थियो । 

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : ५८ बजे