Logo

अर्थ

आजका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ६७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६२, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा कायम गरिएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६७ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ४१ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ६ : १३ बजे