Logo

Breaking News 1

सभापति थापा भन्छन्- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरुले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए ।

समाजको वास्तविक स्वरुप, त्यस क्षेत्रमा बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी जस्ता पेसाकर्मी, ज्येष्ठ नागरिक, उद्यमी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको व्यक्तित्वले बिम्बित गर्छ । कार्यक्रममा विभिन्न क्षेत्रका ७० व्यक्तिलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा वडाका ज्येष्ठ नागरिकहरू रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू सङ्गत, रामप्रसाद चौलागाईं र गणेश महर्जन सम्मानित भएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ११ : ०९ बजे