Logo

Breaking News 1

उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ



काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका देखिएको भन्दै अब कुनै पार्टीसँग मिसिन नजाने दाबी गरे । 

उनले भने,‘उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका धेरैको छ । यसमा कुनै शंका र चिन्ता नगर्दा हुन्छ ।

उनेपा कुनै पार्टीसँग मिसिन जाँदैन् । अरु पार्टीहरु मिसिन आउन सक्छ । अरुसँग एकीकरण गर्दा पनि यो पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ। अहिले नयाँ र पुराना पार्टीका धेरै साथीहरू पार्टीमा जोडिने लहर आएको छ । अब नयाँ पार्टीको विकल्प उनेपा नै हो ।’

त्यस्तै उनले स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिने बताउँदै आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व आफूहरुले ने गर्ने विश्वास व्यक्त गरे । 

अध्यक्ष घिसिङले पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात नगर्ने अठोट गरे । गएको चुनावमा असफल भएपनि आफूहरूले हार नमानेर पहिलो खुड्किलाको रुपमा लिएको उनले बताए।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ३ : ११ बजे