Logo

मुख्य समाचार

पहिराेले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो



मान्म (कालीकोट) । पहिराेका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मंगलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।

अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो ।

दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्डको खुलालुदेखि लैफुसम्म ठाउँठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाइ सडक सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ८ : ४६ बजे