काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज सार्वजनिक लेखा समिति र शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा र समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ११ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची छ ।








प्रतिक्रिया