Logo

Breaking News 1

सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ ।

मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो । आज एक तोला चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ११ : ०० बजे