Logo

मुख्य समाचार

ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान




काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । 

मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका रिक्त एक अध्यक्ष र चार सदस्य पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सदस्यमध्ये एकजना महिला हुनुपर्नेछ ।

सूचनाअनुसार विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।  इच्छुक उमेदवारहरूले ऐनमा तोकिएको न्यूनतम योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १० : २६ बजे