Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट मन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । आजकाे बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

बिहान ११ बजे सुरु हुने बैठकमा मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । 

बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि मन्त्री गौतमले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ६ : २५ बजे