काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
यसैगरी, आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी रहनेछ ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।








प्रतिक्रिया