Logo

Breaking News 1

तिनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज संसदीय सुनुवाइ समिति, अर्थ समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

बिहान ८ बजे बस्ने भएको संसदीय सुनुवाइ समितिको चौथो बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, अर्थ समितिको बैठक पनि बस्ने भएको छ । बिहान ९ः३० बजे बस्ने भएको बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।

यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक आगामी ‘आव २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल’ हुनेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ८ : १२ बजे