Logo

Breaking News 1

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्ताे रहला माैसम ?



काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत वाग्मती र गण्डकी  प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ६ : १४ बजे