Logo

Breaking News 1

ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्तेसहितको नाम सार्वजनिक



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले समस्याग्रस्त ओरेण्टल को–अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो । सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ७ : ४९ बजे