Logo

समाचार

प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ



काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको सचिव प्रकाश अधिकारीले शपथ लिएका छन् । 
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।
विहीबार सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले सचिव अधिकारीलाई शपथ गराएका हुन् । 
अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । यसअघिका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ११ : ४९ बजे