काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त सचिवालय सदस्य सागर ढकाल ले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आज पार्टी कार्यालय बनस्थलीमा सभापति रवि लामिछाने समक्ष शपथ ग्रहण गरेका हुन्।
रास्वपाको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा नयाँ सदस्य थप गर्ने निर्णय गरेको थियो। सोही बैठकले ढकालसहित सरिताश्री ज्ञवाली लाई सचिवालय सदस्य नियुक्त गर्ने सभापति लामिछानेको प्रस्ताव पारित गरेको थियो।
नयाँ नियुक्तिसँगै रास्वपाको सचिवालय सदस्य संख्या १६ पुगेको छ।








प्रतिक्रिया