काठमाडौं । सङ्घीय संसद्का दुई वटा समितिका बैठक आज बस्दैछन् । मंगलबार प्रतिनिधि सभातर्फको पूर्वाधार विकास समिति र राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक विहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्दै छ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण गरिने कार्यसूचीमा तय गरिएको छ ।
यस्तै, बिहानको ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठममा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गरिने भएको छ । यसैगरी बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा समेत छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।








प्रतिक्रिया