Logo

Breaking News 1

अतिक्रमण हटाउने अभियान सुरु भएसँगै यस्तो देखियो विराटनगर (तस्विरहरु)


११ बैशाख २०८३, शुक्रबार  

0
Shares

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा बजार क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले सुरु गरेको फुटपाथ अतिक्रमण हटाउने अभियान सूरु भएको छ ।

शुक्रबार बिहानदेखि महानगरले बजार क्षेत्रका सडकपेटीमा राखिएका अनाधिकृत सामग्री हटाउन थालेपछि मुख्य व्यापारिक क्षेत्रमा खुलापन देखिन थालेको छ ।

उपप्रमुख शिल्पा निरला कार्की नेतृत्वको टोली स्वयं बजार क्षेत्रमा खटिएर सटर बाहिर सामग्री नराख्न, निर्माण सामग्री नथुपार्न र मोटरसाइकल ग्यारेजका सामान सडकमा नराख्न निर्देशन दिइरहेको छ ।

सोई क्रममा लिइएका केही तस्विरहरु यसप्रकार रहेका छन् । खेमराज सापकोटा ,नेपाल न्यूज बैंक

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : ५३ बजे