Logo

स्वास्थ्य

कार्ड नभए पनि डिजिटल माध्यमबाट सेवा दिन स्वास्थ्य बिमा बोर्डको कडाइ


११ बैशाख २०८३, शुक्रबार  

138
Shares

काठमाडौं — स्वास्थ्य बिमा बोर्डले भौतिक कार्ड नभएको अवस्थामा पनि बिमितलाई सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई कडाइका साथ निर्देशन दिएको छ।

शुक्रबार जारी सूचनामार्फत बोर्डले नागरिक एप, एचआईबी प्रोफाइललगायत डिजिटल माध्यममा उपलब्ध क्यूआर कोड स्क्यान गरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्पष्ट पारेको हो।

बोर्डका अनुसार उक्त निर्णय २०८० फागुन २४ गते बसेको बैठकबाटै गरिएको भए पनि केही स्वास्थ्य संस्थाले कार्यान्वयन नगरेको गुनासो आएपछि पुनः कडाइका साथ निर्देशन जारी गरिएको हो।

बोर्डले सबै सेवाप्रदायक संस्थालाई तत्कालै डिजिटल प्रणालीमार्फत सेवा सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  २ : ४१ बजे