काठमाडौं । जनकपुरधामस्थित इस्कनले जानकी नवमी महामहोत्सव भव्य रुपमा मनाउने भएको छ । इस्कनले पत्रकारसम्मेलन गर्दै जानकी नवमीलाई भव्यता प्रदान गर्न ९ दिवसीय विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ ।
इस्कनले ९ दिनसम्म श्रीमद्भागवत कथा, जानकी जीको महा अभिषेक उत्सव, श्री जगन्नाथ, बलदेव एवं सुभद्रा मैयाको भव्य रथयात्रा महोत्सव लगायतका कार्यक्रम गर्ने जानकारी दिएको छ ।
शनिबार (वैशाख १२) गत्तेदेखि सुरु हुने कार्यक्रमहरुमा प्रत्येक दिन महाभिषेक, कथा, किर्तन, महाप्रसाद, सांस्कृतिक कार्यक्रमहरु हुने इस्कनले जनाएको छ ।
इस्कनको जनकपुरधाम १३, बेलास्थित रहेको परिसरमा हुने कथा वाचनकालागि भारतका प्रख्यात कथा वाचक श्रीमद अनन्त कृष्ण दास गोस्वामी महाराज आउने जनाइएको छ ।
त्यस्तै, श्री जगन्नाथ रथ यात्रा महा महोत्सव आइतबार (वैशाख १३) गत्ते दिउँसो सुरु भएर जनकपुरधाम नगर परिक्रमा गर्ने इस्कन जनकपुरधामका अध्यक्ष रामेश्वरम दासले जानकारी दिए ।
विगतमा जानकी मन्दिरले मात्र जानकी नवमी धुमधामका साथ मनाउँदै आएकोमा केही विर्षदेखि इस्कनले पनि जनकपुरधाममा भव्य रुपमा जानकी नवमी मनाउदै आएको छ ।








प्रतिक्रिया