काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानाधीन घटनाबारे भ्रामक तथा अप्रमाणित सूचना प्रकाशन तथा प्रसारण नगर्न सर्वसाधारण र सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
परिसरका प्रवक्ता पवनकुमार भट्टराई का अनुसार दर्ता भई अनुसन्धान भइरहेको ज्यानसम्बन्धी कसुरको मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध सर्वोच्च अदालतको परमादेश तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनअनुसार जमानीमा राखी अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार उक्त प्रकरणमा केही माध्यमबाट भ्रामक तथा अप्रमाणित सूचना सम्प्रेषण भइरहेको पाइएको छ, जसले जनमानसमा भ्रम सिर्जना गरेको छ।
सोमबार जारी सूचनामा अनुसन्धान प्रक्रिया स्वतन्त्र, विधिसम्मत तथा सरकारी वकिल कार्यालयको कानुनी रायअनुसार अघि बढिरहेको उल्लेख गर्दै जिम्मेवार प्रहरी अधिकृतसँग जोडेर अनर्गल सूचना नफैलाउन आग्रह गरिएको छ।
प्रहरीले यस्ता भ्रामक सामग्रीको प्रकाशन तथा प्रसारण नगर्न सबै सम्बन्धित पक्षलाई सचेत गराएको छ।








प्रतिक्रिया