Logo

मुख्य समाचार

निर्वाचनबारे अपशब्द बोलेको आरोपमा रविरत्न चुडाल पक्राउ


२८ फाल्गुन २०८२, बिहिबार  

0
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी अभिव्यक्ति दिँदा अपशब्द प्रयोग गरेको आरोपमा रविरत्न चुडाल पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार चुडाललाई सामाजिक सञ्जालमा झापाका स्थानीयलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ८ : २६ बजे