काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विन्टर अफर २०८२ सार्वजनिक गरेको छ। यो अफर माघ ११ गतेदेखि ९० दिनसम्म लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसअघि सञ्चालन गरिएको अटम अफर अन्तर्गतका प्याकेजहरूले राम्रो प्रतिक्रिया पाएपछि त्यसैलाई निरन्तरता दिँदै विन्टर अफर ल्याइएको हो।
विन्टर अफर अन्तर्गत एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न डाटा तथा अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, पोस्टपेड रेन्टल प्याकेज, तथा सोसल मिडिया प्याक यथावत उपलब्ध रहनेछन्।
यसैगरी एड–अन प्याक, सीयूजी (CUG) प्याकेज, फरक क्षमता भएका व्यक्तिहरूका लागि प्याकेज, नमस्ते वाइफाइ बन्डल प्याक, तथा एफटीटीएच (FTTH) इन्टरनेट प्याकेजहरू पनि निरन्तर रहने कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले पोस्टपेड मोबाइलमा उपलब्ध सजिलो अनलिमिटेड प्याकेजलाई अब रिकरिङ (स्वतः नवीकरण हुने) प्याकेजका रूपमा निरन्तरता दिएको छ। यसले गर्दा प्रयोगकर्ताले प्रत्येक महिना आफैं नवीकरण गर्नुपर्ने झन्झट नहुनेछ।
यसअघि यो सेवा लिन *1415*2*4# डायल गर्नुपर्ने भए पनि अब नेपाल टेलिकम एप तथा वेबसाइट बाट समेत लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरूले प्याकेज लिन *1415# डायल गरेर, नेपाल टेलिकम एप प्रयोग गरेर वा www.ntc.net.np वेबसाइटमार्फत विस्तृत जानकारी लिन सक्नेछन्।
नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले विन्टर अफर ग्राहकका लागि आकर्षक र उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।











प्रतिक्रिया