Logo

मुख्य समाचार

द्रुत गतिमा समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले समस्याको बारेमा मन्त्रालयमा जानकारी गराए तुरुन्तै समस्याको समाधान गर्ने बताएका छन् ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको २४ औं वार्षिक साधारण सभामा उनले एशोसिएसनले ५० हजार नेपालीलाई रोजगार दिएको उल्लेख गर्दै उक्त संस्थाको लागि गर्नुपर्ने काम मन्त्रालयले तुरुन्तै गर्ने बताए ।

उनले भने, ‘तपाईहरुले ५० हजार मान्छेहरुलाई रोजगारी दिइरहनु भएको छ । ५० हजार रोजगार दिने मान्छेका लागि रोजगार मन्त्रालयले के गर्नुपर्यो त्यो भोली बाटै लिएर आउनु, यो यो कार्यविधि राखेर यस्तो काम गर्नुपर्यो भनेर भन्न म पर्सि नै पास गर्दिन्छु । यो गतिमा जानुपर्यो ।’

यस्तै, उनले समस्या समाधान मात्र होइन बदमासि गर्नेलाई कारबाही नै आवश्यक भएको भन्दै एक खालको बज्र प्रहार नगरि समस्या नहट्ने बताए ।
उनले भने, ‘समस्या समाधान मात्र गरेर हुँदैन कारबाही पनि गर्नुपर्छ भनेर हामीले ठाँउको ठाँउ कारबाही गर्ने काममा लागेका छाैं । ठग्ने, बदमासि गर्नेलाई कारबाही गरि हाल्ने । एक खालको बज्र प्रहार आवश्यक छ ।’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : १२ बजे