इलाम। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले इलाम नगरपालिकाको पहिरो प्रभावित क्षेत्रका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम इलाम नगरपालिकालाई हस्तान्तरण गरेको हो।
आर्थिक सहयोगको चेक सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलले इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरे। कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष नुतनदेव दुलाल, सानिमा रिलायन्स लाईफ इलाम शाखा प्रबन्धक मदन घिमिरे, एजेन्सी मेनेजरहरू तथा कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको कम्पनीले जनाएको छ। साथै, करिब २० हजारभन्दा बढी अभिकर्ता कम्पनीसँग आबद्ध छन्।










प्रतिक्रिया