Logo

कर्पोरेट

नबिल बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव



काठमाडौं। नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार प्रस्तावित लाभांश करसहितको हो। प्रस्ताव पारित भएपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपछि लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ११ : ४६ बजे